Ad #144479

काठमाण्डौको बुढानिलकण्ठ नगरपालिकाले बालबिवाह अन्त्यका लागि विषेश पहल गर्ने भएको छ । समुदायस्तरमा विभिन्न चेतनामूलक कार्यक्रम गर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले सार्वजनिक गरेको नगर विकास योजना २०७७-७८ मा बालबिवाह अन्त्यका लागि समुदाय परिचालन गर्न ३ लाख रुपैयाँ छुट्याइएको छ । सानै उमेरमा विवाह हुन नदिनका लागि रकम छुट्याएको नगरपालिकाले जनाएको छ ।