Ad #144479

औषधि व्यवस्था विभागले सुसांख्य कम्पनीले उत्पादन गरेको ह्याण्ड स्यानीटाइजरमा प्रतिबन्ध लगाएको छ ।

स्यानीटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड विपरीत विषाक्त रसायन मिथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको विभागले जनाएको छ ।

औषधि व्यवस्था विभागले यसअघि पनि भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका विभिन्न नौ ह्याण्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको थियो ।