असोज २२, काठमाण्डौ। कागेश्वरी मनोहरा नगरपालिकाले सडक बाटोमा पर्ने बिजुलीका पोलहरु व्यवस्थापन गर्ने भएको छ ।
बिजुलीका पोलहरु व्यवस्थापन गर्ने सम्बन्धमा नगर प्रमुख कृष्णहरि थापाले नेपाल बिद्युत प्राधिकरण माँकलबारीका प्रमुख अमृत बाबु अधिकारीसंग छलफल गर्नुभएको छ । नगर प्रमुख थापाले सडक बिस्तार गर्दा नगरबासीहरुलाई समस्या नपर्ने गरी कसरी बिजुलीका पोलहरुको व्यस्थापन गर्न सकिन्छ भन्ने बारेमा बिद्युत प्राधिकरण माँकलबारीका प्रमुखसंग छलफल गरिएको बताउनुभयो ।
छलफलमा कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, प्रवक्ता राजाराम पुडासैनी, वडा अध्यक्षहरु कुन्दन खड्का, मुकुन्द गजुरेल, प्रकाश फुयाँल लगायतको उपस्थिति रहेको थियो ।
[sidebar name="button post"]








