गोदावरी नगरपालिकामा नगर बस सेवा यो वर्षको लागि टर्यो

ललितपुरको गोदावरी नगरपालिकाले सञ्चालन गर्ने भनिएको नगर बस सेवा यो वर्षको लागि टरेको छ । कोरोनाभाइस संक्रमणका कारण बस ल्याउने प्रक्रियामा ढिलाई भएकाले यो वर्षका लागि नगर बस सेवा सञ्चालन नहुने भएको हो ।

वडा नम्बर १ को गोदामचौर, वडा नं २ विशङ्खु, वडा नम्बर ७ देवीचौर, वडा नम्बर ८ डुकुछाप र वडा नम्बरं ९ छम्पी हुँदै बस घुमाएर नागरिकलाई सेवा दिने नगरपालिकाको लक्ष्य थियो ।

दुई करोड रुपैयाँको लागतमा ल्याउन लागिएको बसको टेन्डर आह्रवान भइसकेको थियो । यो वर्ष सम्भव नभए पनि आउने वर्ष प्रक्रिया अगाडी बढाइनेछ ।

[sidebar name="button post"]