इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले फराकिलो हार व्यहोरेको छ । राति भएको खेलमा लिभरपुल एस्टन भिल्लासँग ७–२ गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा एस्टनका ओली वाटकिन्सले ह्याट्रिक गरे ।
यस्तै ज्याक ग्रेयलिसले दुई तथा जोन म्याकजिन र रोस बाक्र्लीले एक एक गोल गरे । लिभरपुलका मोहमद सलाहले दुई गोल फर्काए । सन् १९६३ पछि पहिलो पटक लिभरपुलले ७ गोल व्यहोरेको हो । सन् २०१९ को जनवरीपछि लिभरपुलको यो चौथो हार हो ।
जितसँगै एस्टनले ३ खेलबाट ९ अंक जोडेको छ । एस्टन दोस्रो स्थानमा छ । लिभरपुल पाँचौ स्थानमा रहेको छ ।
[sidebar name="button post"]









