इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंग्लोर खेल्ने भएका छन् । आईपीएलमा आज एक खेल मात्रै हुनेछ । खेल युएईमा नेपाली समय अनुसार राति पौने ८ बजे खेल हुनेछ । यो खेलमा जित निकाल्ने टीम शीर्ष स्थानमा उक्लनेछ ।
चार खेलमा तीन खेल जितेको मुम्बई इन्डियन्स ६ अंकका साथ शीर्ष स्थानमा रहँदा समान ६ अंक भएका दिल्ली र बेंग्लोर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । आज जित्ने टिम ८ अंकका साथ शीर्ष स्थानमा उक्लनेछ । यसअघि राती भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ ।
किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो । जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेको छ । चेन्नई तालिकाको छैटौं स्थानमा छ । पन्जाबले ५ खेलमा २ अंक जोडेको छ । पन्जाब पुछारमा रहेको छ ।
[sidebar name="button post"]









