आइशोलेशनमा बस्न समस्या हुने संक्रमितलाई लक्षित गरी गोकर्णेश्वर ४ मा ५० शैयाको फ्री आइसोलेसन

समिता श्रेष्ठ

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ ले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा फ्री आइसोलेसन सेन्टर निर्माण गरेको छ ।

यो आइसोलेसन सेन्टर काठमाडौंमा भाडामा बस्नेहरु को लागि निर्माण गरिएको हो । यस आइसोलेसनको आज (आइतबार)  सभामुख अग्नि प्रसाद सापकोटा बाट उद्घाटन गरिदै छ । कोरोनाको महामारी दिनानुदिन बढिरहेको अवस्थामा आइसोलेसन को अभाव देखिए पछि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ ले गोकर्णेश्वर नगरपालिकामा यसको निर्माण गरेको हो ।

यो आइसोलेसन राष्ट्रिय सहिद पार्कको भवन जगडोलमा निर्माण गरिएको छ । यसका लागि गोकर्णेश्वर नगरपालिकाले भवन बनाउन सहयोग गरेको थियो । यो आइसोलेसन डिस्टिक डिजास्टर म्यानेजमेन्ट फन्डबाट संचालक गरेको हो । यस आइसोलेसनमा मेडिकलको सम्पुर्ण काम सुमेरु हस्पिटलले हेर्ने ब्यवस्था मिलाएको छ ।

सेन्टर काठमाडौंमा कोठा भाडामा बसी आइशोलेशनमा बस्न समस्या हुने संक्रमितहरु लाई लक्षित गरी ५० शैयाको फ्री आइसोलेसन स्थापना गरिएको हो । यहाँका बिरामिहरु को ४ पटको खानाको ब्यवस्थापन पनि डिस्टिक को प्रत्येक लायन्स क्लब को सहभागितामा दिने ब्यवस्था गरेको छ।

यहाँको आइसोलेसनमा अक्सिजन , योगको ब्यवस्था , हलमा टेलिभिजन र ईन्टरनेट साथै सिसिटिभिको पनि ब्यवस्था गरेर संक्रमित को लागि राम्रो ब्यवस्थित आइसोलेसन निर्मान गरेको लायन्स ग्लोबल मेम्बरसिप टिमका डिस्टिक कोअर्डिनेटर धर्म शरण श्रेष्ठले बताउनु भयो।

[sidebar name="button post"]