अजय खत्री
५ असोज,काठमाडौं । मनास्लु वल्र्ड कलेजले स्थापनाको छोटो समयमा नै आफुलाई स्थापित भनिएका कलेजहरुसँग प्रमुख प्रतिस्पर्धीका रुपमा चिनाउन सफल भैसकेको छ । फ्युचर लिडर उत्पादनको केन्द्र बनाउने उद्देश्यका साथ स्थापना भएको कलेजको‘अ होम फर फ्युचर लिडर्स’ भन्ने मुख्य नारा नै रहेको छ ।
एक हजार विद्यार्थीलाई परामर्श
मनास्लु कलेजले अहिले कक्षा ११ मा विद्यार्थीको भर्ना सुरु गरेको छ । कलेजले हालसम्म एक हजार भन्दा बढी विद्यार्थीलाई उनिहरुको अन्योलता मेटाउन परामर्श दिएको र यो क्रम जारी नै रहेको कलेजका प्रिन्सिपल राजन श्रेष्ठले बताउनुभयो । कलेजले विद्यार्थीको क्षमता र रुचीलाई मध्यनजर गर्दै सोहि अनुसार कामगर्नेे उहाँको भनाई छ ।
प्रिन्सिपल श्रेष्ठ भन्नुहुन्छ,‘मनास्लुको उत्पादन नेपालमा मात्र नभई विश्वमानै गर्वगर्न सक्नेठाउँ बनाउनेछौँ ।’हालसम्म २ सय भन्दा बढि विद्यार्थीहरुको रोजाई बनिसकेको कलेजले सुरुवाती पहिलो वर्षमा एक हजार विद्यार्थी मात्र भर्ना लिने उद्देश्य राखेको छ ।
मनास्लुमा जोडिएर आफ्नो करियर बनाउने विद्यार्थीको चाहना भने बढेको देखिएको प्रिन्सिपल श्रेष्ठको दावी छ । कलेजले शिक्षाको गुणस्तर र फ्युचर लिडर बनाउन सहयोग गर्ने र शैक्षिक क्षेत्रमा कुनै पनि कमि कमजोरी हुन नदिने पनि श्रेष्ठको दावी छ ।
कोरोना विशेष ५० प्रतिशत छात्रवृत्ती
कोरोनाले पारेको असरलाई ध्यानमा राखेर कलेजले प्रभावित विद्यार्थीहरुलाई कोरोना विशेष ५० प्रतिशत छात्रवृत्ती प्रदानगर्दै आएको छ । असोज १५ बाट भने सिमित कोटाका कारणले गर्दा ५० प्रतिशत छात्रवृत्ती बन्द हुने भएपनि विद्यार्थिहरुको आवश्यकतालाई मध्यनजर गरेर कलेजले विशेष व्यवस्था मिलाउने उहाँले बताउनुभयो ।
उच्चतम प्रविधिको प्रयोग
मनास्लु कलेजले दक्ष तथा अनुभवी शिक्षक तथा नयाँ प्रविधिको उच्चतम प्रयोगलाई जोड दिएको जनाएको छ । कलेजले ह्वाइट बोर्डमा लेख्ने भन्दापनि प्रोजेक्टरबाट नै पठनपाठन संचालनलाई प्रमुख प्राथमिकता दिएको छ । साथै विद्यार्थीहरुले पनि प्रोजेक्टर कै सहायतामा प्रिजेन्टेसन लगाएत शैक्षिक गतिविधिमा सहभागि हुन पाउने भएका छन् । युथ इन्टरप्रिनियरसिपलाई प्रमुख प्राथमिकतामा राखेर कलेजले शैक्षिक गतिविधिहरु संचालनमा ल्याउने भएको छ ।
सवै कलेजले विद्यार्थी पास गराउने प्रतिवद्धताका साथ पढाउँछन् तर मनास्लुले पासगराउने मात्र नभएर विद्यार्थीलाई क्षमतावान बनाउन पनि सहयोग गर्ने र त्यसका लागि समय सापेक्ष विद्यार्थीहरुको चाहना अनुसार शिक्षा प्रणालीको उच्चत्तम प्रयोग गर्ने कलेजका अध्यक्ष गेन्द्र लामाले बताउनुभयो । कलेज चांडै नै नेपालमै पहिलो आइएसओ सर्टिफाइड प्राप्त कलेज बन्नेभएको छ ।
विभिन्न विधामा उत्कृष्ट विद्यार्थीको रोजाइ मनास्लु
‘अ होम फर फ्युचर लिडर्स’को प्रमुख उद्देश्य लिएका कारणनै नेपालमा उमेर समुहमा उत्कृष्ट विद्यार्थीको रोजाइमा परेको कलेजको दावी छ । मनास्लु कलेजमा अन्डर १६, अन्डर १८ फुटबल टिमका क्याप्टेनका साथै एन्फाका खेलाडीहरु, क्रिपा ब्याण्डका मेम्बर, म्यूजिकल फिल्डका अन्य विद्यार्थीहरुले भर्ना गरिसकेका छन् ।
बास्केटबलका पनि राष्ट्रिय स्तरका खेलाडीहरु भर्ना हुन उनीहरले परामर्श लिईरहेको लामाले बताउनुभयो । उहाँले पढाइमा अब्बल विद्यार्थीहरुका लागि पढाइमा विशेष जोड दिने र अन्य क्रियाकलापमा क्षमता भएका र ध्यान दिने विद्यार्थीका लागि उनिहरुको क्षमता अनुसार क्षमता विकासमा सहयोगी बन्न कलेज तयार रहेकोे जनकारी दिनुभयो ।
स्वस्थ प्रतिस्पर्धा गरी शैक्षिक क्षेत्रमा योगदान गर्न आग्रह
स्वस्थ प्रतिस्पर्धा गरी शैक्षिक क्षेत्रमा योगदान गर्न मनास्लु कलेजले आग्रह गरेको छ । स्थापनाको सुरुवातमानै कतिपय स्थापित कलेजहरुले समेत मनास्लुकै देखासिकी गर्न सुरुवात गरेकाले अबका राम्रो काम गर्न कलेज प्रेरित भएको लामाले बताउनुभयो ।
उहाँका अनुसार कलेजले उठाएका राम्रो कामको फलो गर्न छुट भएपनि युथको मात्र कुरा उठाउने, नयाँ कलेजले राम्रो गर्न नसक्ने, भौतिक संरचना निर्माण नै नभएको जस्ता कुरा गरेर विद्यार्थीमा नकारात्मकता फैलाउन केहि कलेज र व्यक्तिहरु लागेकाले त्यस्ता व्यक्ति र कलेजहरुलाई अस्वस्थ प्रतिस्पर्धा र भ्रम छर्नेकाम छोडेर स्वस्थ प्रतिस्पर्धामा आउन पनि उहाँको आग्रह छ ।
चावहिललाई शैक्षिकहवको रुपमा चिनाउने योजना
चावहिल आसपास धेरै कलेजहरु रहेपनि समय सापेक्ष शिक्षादिने कलेजको कमि महशुुस गरेर नै मनास्लु कलेज स्थापना गरेकाले अब चांडै नै मनास्लुले चावहिललाई शैक्षिक हवको रुपमा चिनाउने वातावरण बनाउने श्रेष्ठको प्रतिवद्धता छ । कलेजले कोरीया, जापान, जर्मन जस्ता देशसँग कल्चरल एक्स्चेन्ज जस्ता प्रोगाम गर्ने योजनामा रहेको बताउनुभयो ।
सामाजिक उत्तरदायित्व बहन
मनास्लु कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत् विभिन्न काम गरेका छन् । कलेजले विभिन्न संचार माध्यमहरुलाई प्रेस ज्याकेट, माक्स, स्यानिटाइजर लगाएत सेफ्टी सामाग्रीहरु वितरण गर्दैआएको छ ।त्यसका साथै महानगरीय ट्राफिक वृत बौद्धलाई माक्स, स्यानिटाइजर लगाएत सामाग्री प्रदानगर्दै आएको छ । चुच्चेपाटी चोकमा दैनिक रुपमा निशुल्क माक्स र खानेपानी सेवा दिँदै आएको छ ।











