कोरोना पोजेटिभका कारण ४ जना यात्रु काठमाडौमा नै रोकिए

अमृता नेपाली

५ असोज, सरकारले आन्तरिक उडान पुन संचालन गर्ने निर्णयपछि पहिलो पटक सीता एयरले काठमाडौबाट ताप्लेजुङ उडान गरेको छ। कोरोनाका कारण रोकिएको उडानमा पहिलो पटक ६ जना यात्रु लिएर सोमबार सीता एयर ताप्लेजुङको एकमात्र सुकेटार बिमानस्थल पुगेको हो ।

१० जनाले टिकट लिएको भए पनि ४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि काठमाडौमा नै रोकिनु परेको छ।१० जना मध्ये ४ जनाको कोरोना देखिएपछी ६ जना यात्रु लिएर सीता एयर ताप्लेजुङ पुगेको ताप्लेजुङ नागरिक उड्डयन कार्यालय प्रमुख सुर्यबहादुर खत्रीले बताउनु भएको छ।

उता ताप्लेजुङ बाट भने ७ जना यात्रु लिएर फर्किएको छ। सीता एयरले पिसिआर जाँच अनिवार्य गरेकोले ५ सय रुपैया भने छुट गरिदिएको जाचमा लाग्ने अरु खर्च भने यात्रु आफैले बेहोर्नु पर्ने बताएको छ। गत मङ्सिरदेखि सोमबार र शुक्रबार नियमित काठमाडौ ताप्लेजुङ उडान सुरु गरेको सीता एयरले पुन सोही बार उडान गर्ने छ।

सीता एयरले उडान गरेसंगै नेपाल एयरलाइन्सले पनि बुधबार र शनिबारको उडान तालिका सार्बजनिक गरेको छ। लामो समयदेखि बन्द भएको उडान र यातायात सन्चालन भएसंगै होटल र पर्यटन ब्यबसायिहरुमा खुसी छाएको छ।

[sidebar name="button post"]