Ad #144479

काठमाडौं । बागमती प्रदेश सरकारले सिन्धुलीको दुधौलीमा निर्माण गरेको एकिकृत बस्ती हस्तान्तरण हुदैछ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनता आवास कार्यक्रम अन्तर्गत निर्माण गरेका ३३५ वटा घर हस्तान्तरण गर्न लागिएको हो । प्रदेश सरकारले दुईकरोड लागतमा निर्माण गरेको ३३५ वटा घर भएकाे मुसहर बस्तीको साँचो भोली संविधान दिवशको अवसर पारेर मुख्यमन्त्री डोरमणि पौडेलले हस्तान्तरण गर्नुहुनेछ ।

प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत अति सिमान्तकृत जाती समुदायका लागि एकिकृत बस्ती विकास कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

जसअन्तर्गत दोलखाको भीमेश्वर–४ मा जिलु एकीकृत बस्ती विकास कार्यक्रमका लागि दुई करोड, मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ र १२ का लागि २ करोड ५० लाख, सिन्धुपाल्चोकको इन्द्रावती–५ मा प्युघर भदौरे एकीकृत माझी बस्ती विकासका लागि एक करोड, सिन्धुपाल्चोककै हेलम्बुमा नोर्वुलिङ एकीकृत माझी बस्ती विकास कार्यक्रमका लागि ३० लाख, सिन्धुपाल्चोककै चौतारा, साँगाचोक गढीमा झ्याडी एकीकृत नमूना माझी बस्ती विकास कार्यक्रमका लागि ४० लाख, धादिङ एकीकृत बस्ती विकास कार्यक्रमका लागि ४५ लाख बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।