Ad #144479
काठमाडौं । भर्चुअल माध्यमबाट असोज ८ गते सार्क राष्ट्रका विदेशमन्त्रीहरुको बैठक हुने भएको छ । बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गर्नुहुने छ ।
हालका लागि नेपाल सार्क राष्ट्रको अध्यक्ष राष्ट्र भएकाले सो बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले गर्नुहुने छ। यो बैठकमा लामो समयको सार्क राष्ट्रहरु विचको तिक्ततापुर्ण सम्वन्धका वावजुत हुन लागेकाले सार्क राष्ट्रका आठ वटै सदस्य राष्ट्रको सहभागीता हुने र यस बैठकले सम्वन्ध सुधार्न सहयोगि हुने अपेक्षा गरिएको छ ।
यस अगि भएको राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको बैठकमा पाकिस्तानका विशेष सल्लाहकार मोइद युसुफले पाकिस्तानले जारी गरेको नयाँ नक्सा बैठकमा प्रस्तुत गरेपछि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले बैठक नै छाड्नुभएको थियो।