देशभरको मौसम बदली : वाग्मती र गण्डकी प्रदेशका केहि ठाउँमा ठुलो वर्षा

भाद्र ३० , अहिले देशभरको मौसम बदली भएको छ । मौसम बदली भएपछिअहिले वाग्मती र गण्डकी प्रदेशका केहि ठाउँमा ठुलो पानी परिरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ, चितवन, पोखरामा पानी परेको हो । त्यस्तै प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका एक, दुई ठाउँमा मध्यम खालको पानी परेको महाशाखाका मौसमविद् सजिना शाक्यले बताउनुभयो । प्रदेश १ र २ का केहि ठाउँमा भने गएराती ठुलो पानी परेको छ । अहिले भने मध्यम वर्षा भैरहेको छ ।

झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास मध्ययम वर्षा भएकाले मेची, विरिङ, निन्दा लगायत विभिन्न नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले सर्तकता अपनाउन भनिएको छ ।

बंगालको खाडीबाट बनेको मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेकाले पानी परेको महाशाखाले जनाएको छ । आज दिउँसो पनि देशभरको मौसम सामान्यतया बदली रही केही ठाउँमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आजराती पनि कर्णाली र सुदूरपश्चिम बाहेक अरु प्रदेशका केहि ठाउँमा ठुलो पानी पर्ने सम्भावना छ ।

[sidebar name="button post"]