काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो

भाद्र ३० , काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १२ हजार पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले काठमाडौँ उपत्यकामा अहिलेसम्म १२ हजार दुई सय ४८ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । तीमध्ये १० हजार सङ्क्रमित काठमाडौँ जिल्लाका मात्रै रहेका छन । काठमाडौँमा महिला तीन हजार ३०२ र पुरुष छ हजार ७२४ जना रहेका छन् ।

यस्तै ललितपुरमा एक हजार एक सय ९१ जनामा तथा भक्तपुरमा एक हजार ३१ जनामा कोरोना पुष्टी भएको छ । पछिल्लो पटक लकडाउन खुकुलो भएसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो ।

अहिले दैनिक चार सय जनाको हाराहारीमा उपत्यकामा सङ्क्रमित बढ्न थालेका छन् । हिजोमात्र उपत्यकामा पाँच सय १२ जना सङ्क्रमित फेला परेका छन ।

[sidebar name="button post"]