पहिरोले नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ चोरखोलामा गएराती फेरी पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

हिजो दिउँसो त्यहि ठाउँमा गएको पहिरो पन्छाएर बेलुका एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ ।

पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

यस्तै सडकखण्ड अन्तर्गत भरतपुर महानरगपालिका–१ भतेरीमा पनि सालको रुख ढलेको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा यस वर्ष पनि निरन्तर पहिरो गएर सडक अवरुद्ध हुँदै आएको छ ।

[sidebar name="button post"]