काठमाडौंमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौंमा कोरोना संक्रमणका कारण ६७ वर्षीय पुरुषको मृत्यु भएको छ। जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत संक्रमित पुरुषको मंगबार बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ।

मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएका उनि काठमाडौं विशालनगर निवासी थिए । भर्ना गर्दा नै उनको स्वास्थ्य जटिल रहेको र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

मंगलबार स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएका मृतक पुरुष मधुमेह, रक्तचापका विरामी रहेको अस्पतालले जनाएको छ।

मृतकको शव अस्पतालबाटै नेपाली सेनाको टोलीले व्यवस्थापन गर्नेछ ।

[sidebar name="button post"]