उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी

भाद्र २३ , काठमाण्डौ।  निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने विषयमा उपत्यका प्रशासनले छलफल थालेको छ ।

चौथो पटक निषेधाज्ञा थप्ने वा नथप्ने भनेर मंगलबार दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भर्चुअल संवाद हुन लागेको हो ।

तीनवटै जिल्लाले कोरोना संक्रमण बढेपछि भदौ ४ गतेदेखि निषेधाज्ञा लगाएका थिए जसको समय बुधबार मध्यरातिदेखी सकिँदैछ ।

तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीका अनुसार संक्रमण नियन्त्रणमा नआएकाले पूर्ण रुपमा खुला गर्ने अवस्था भने छैन ।

हालकै अवस्थामा निरन्तरता दिँदा जनस्तरबाट विरोध हुनसक्ने प्रमुख जिल्ला अधिकारीहरुको भनाइ छ ।निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी खाका प्रस्तुत गर्न गृह मन्त्रालयले जनाउ दिएको छ ।

[sidebar name="button post"]