भाद्र २३ ,काठमाण्डौ। कोरोनाको महामारीको कारण रोजगार गुमाएका परिवारहरुलाई सेरिनले खाद्य प्याकेज वितरण गरेको छ ।
हुनेले दिएर जाऔँ , नहुनेले लिएर जाऔँ भन्ने मुख्य उद्देश्यका साथ बढ्दो रोजगारी समस्या र त्यस्ले दैनिक गुजारा चलाउन समस्या परेका परिवारहरुको निमित्त २९३ दिनको लागि पुग्ने गरि नुन, तेल, चामल, दाल सहित खाद्य प्याकेज वितरण गरेको हो ।
शिक्षा र अनुसन्धान केन्द्र स्थानिय क्लवहरु नव रुद्रेश्वर युवा क्लव र भंगाल क्लवको सहकार्यमा भाद्र २० गते देखि सुरु भएको सेरिन फुड सेन्टर हातेमालो अभियानको तेश्रो दिन सम्म व्यवस्थित ढंगबाट सफलताका साथ सम्पन्न भएको छ ।
यस अभियानको पहिलो दिन बूढानीलकण्ठ चोकबाट सुरु भएको थियो यसबाट १५० परिवारले प्रत्यक्ष लाभ लिएका थिए । त्यस्तै गरि अभियानको दोश्रो दिन चपली चोक भित्र रहेको फुड सेन्टरबाट करिब १७० परिवारले लाभ लिए भने तेश्रो दिन भंगाल चोकमा राखिएको प्याकेज वितरण कार्यक्रमबाट १८० परिवारले प्रत्यक्षरुपमा लाभ लिएका थिए ।
नेपालको लागि शिक्षा र अनुसन्धान केन्द्रका अध्यक्ष राम न्यौपानेका अनुसार सुरुको दिनमा सुरुवात गर्न १९२ जना स्थानिय सहयोगी दाताहरुबाट सहयोग लिएर अगाडि बढेको अभियानमा आजको दिन सम्म सानो९सानो भए पनि सहयोगी हातहरु पनि अभियान संगसंगै बढ्दै गईरहेको हुनाले यस अभियानलाई अझै बृहत् बनाउन हौसला मिलेको छ ।
यस अभियानलाई दाताहरुको यस्तै साथ र सहयोग रहेसम्म पुर्ण रुपले निषेधाज्ञा नखुलुन्जेल सम्म संचालनमा ल्याउने योजना रहेको अशोक दाहालले जानकारी दिनुभयो ।









