रुपन्देहीमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु

१९ भदौ, काठमाडौं। कोरोना सङ्क्रमणका कारण रुपन्देहीमा आज तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना सिद्धार्थनगर र एक जना बुटवलका सङ्क्रमित रहेका छन् ।

होम आइसोलेशनमा रहेका सिद्धार्थनगर नगरपालिका –८ का ४५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको थियो भने सिद्धार्थनगर – ७ की ६४ वर्षीया महिलाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यसअघि बिहान बुटवल उपमहानगरपालिका – ८ का ७८ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको थियो । यससँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

[sidebar name="button post"]