१९ भदौ, काठमाडौं। जागिर र बिवाहको प्रलोभनमा देखाएर भारत लगिएको एक बालिकासहित दुई नेपाली महिलालाई उद्दार गरी नेपाल ल्याइएको छ ।
नेपाल प्रहरी, भारतीय प्रहरी र स्थानीय जनप्रतिनिधिको सहयोगमा र नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम०स्थित आफन्त नेपाल महेशपुर शाखाको पहलमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट एक बालिकासहित दुई नेपाली महिलालाई उद्दार गरिएको हो ।
उद्दार गरिएकामध्ये चितवनका चार वर्षीया बालिका, १७ र २२ वर्षीया महिला रहेका छन् । उनीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याइएको संस्थाकी शाखा प्रमुख पद्मा आचार्यले जानकारी दिनुभयो ।
जागिर र बिवाहको प्रलोभनमा परेर उनीहरु भारत पुगेका थिए । त्यहाँ पुगेको केही महीनापछि आर्केष्टा कम्पनीका मालिकले आफूहरुलाई बेचविखन गर्न लागेको थाहा पाएपछि प्रतिकार गरी परिवारलाई जानकारी गराएको उद्दार गरिएका महिलाले बताएका छन् । उनीहरु दश महीनाअघि त्यहाँ पुगेका थिए ।









