काठमाडौँ महानगरपालिकाले बढायो परीक्षण दायरा

१९ भदौ, काठमाडौं।काठमाडौँ महानगरपालिकाले सङ्क्रमितको सङ्ख्या हरेक दिन बढ्दै गएपछि कोरोना परीक्षणको दायरा बढाएको छ ।

काठमाडौँ उपत्यका नगरपालिका फोरमको परीक्षणको दायरा बढाउने निर्णय अनुसार अहिलेसम्म कामपाले कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट ३२ वटै वडामा दुई हजार ७७५ जनालाई परीक्षणको दायरामा ल्याएको छ ।

कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिनुभए अनुसार अहिलेसम्ममा वडा ३, ६, ८, २१, २६, २९ र २१ मा बिरामीको सम्पर्कमा रहेकाको परीक्षण गरिसकेको छ। उहाँका अनुसार पहिले कन्ट्याक्ट ट्रेसिङपछिको परीक्षणमा मुस्किलले एक दुई जनाको मात्रै पोजेटिभ देखिने गरेकामा अहिले भने ५० प्रतिशतमा सङ्क्रमण देखिन थालेको छ ।

महामारी नियन्त्रण गर्न बिरामीको सम्पर्कमा भएका व्यक्ति पहिचान गरेर परीक्षण गर्ने र सङ्क्रमण भएकालाई अन्यको सम्पर्कबाट छुटाउने गरी काम गरिरहेको कामपाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले बताउनुभयो ।

[sidebar name="button post"]