उपराष्ट्रति पुनद्वारा बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त

१९ भदौ, काठमाडौं। उपराष्ट्रति नन्दबहादुर पुन ‘पासाङ’ले बुधबार राति बागलुङको ढोरपाटन नगरपालिकाको पहिरोमा परि भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले शुक्रबार वक्तव्य जारी गरेर बाढीपहिरोले बागलुङको मोबाङ, अछामको सैनीबजारलगायत विभिन्न जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्तगर्नुका साथै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । “बाढीपहिरोका कारण ज्यान गुमाउनुभएका दिदीबहिनी तथा दाजुभाइप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु”, उहाँले वक्तव्यमा भन्नुभएको छ, “उहाँहरुका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु ।”

उपराष्ट्रपति पुनले बागलुङको ढोरपाटनमा बाढीपहिरोमा परी बेपत्ता भएकाको अवस्थाका बारेमा चिन्ता व्यक्त गर्दै बेपत्ताहरुको खोजमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले गरिरहेका प्रयासलाई अझै प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । उहाँले बाढीपहिरोबाट विस्थापितहरुका लागि पर्याप्त राहत र घाइतेको उचित उपचारका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

[sidebar name="button post"]