१९ भदौ, काठमाडौं। सिन्धुपाल्चोक राजधानीसँग नजिक भएको र राजधानीमा बढी आवतजावत हुने भएकाले सङ्क्रमण फैलि रहेको छ ।
कोरोना भाइरसको उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा सङ्क्रमण नफैलियोस् भन्नका लागि यही भदौ १ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रजिअ ढकालले बताउनुभयो । राजधानीसँग नजिक रहेको जिल्ला र बढी आवतजावत राजधानीमा हुने भएकाले पनि सिन्धुपाल्चोक पनि कोरोनाको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो ।
उहाका अनुसार सिन्धुपाल्चोकमा हालसम्म चार जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ भने १०९ सङ्क्रमित भएकामा ७७ जना निको भएर घर फर्किसकेको जनाकारी दिनुभयो ।
“अहिले हामीले जिषेधाज्ञा जारी गरेका छौँ, त्यसैले सङ्क्रमण नफैलिएको स्थिति छ । निषेधाज्ञा जारी नगरेको भए स्थिति भयावह भइसक्ने थियो”, उहाँले भन्नुभयो, “बजारलाई व्यवस्थित गर्ने, अति आवश्यक पसललाई निश्चित समयमा खोल्ने, केही निमार्णका कामलाई अगाडि बढाउने र अनावश्यक कामलाई बन्द गर्ने हिसाबले काम अगाडि बढाउने निर्णय गरेका छौँ ।”









