Ad #144479

१९ भदौ, काठमाडौं। नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी अरनिको राजमार्ग सञ्चालनका लागि व्यवस्थित गरिने भएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार बाह्रबिसेभन्दा माथि एकठाउँमा सडक अवरुद्ध भएको छ । सडक मर्मतका लागि सडक विभागले काम गरिरहेको छ ।

“चीन सरकारको न्यालम प्रान्तसँग असाध्यै राम्रो सम्बन्ध छ, म पहिला पनि सीमा जोडिएको जिल्लामा बसेको भएकाले मित्रराष्ट्रसँग कसरी समन्वय गर्ने भन्ने केही ‘आइडिया’हरू थियो”, उहाँले भन्नुभयो, “यसअघि जिल्लामा लामो समयदेखि सुरक्षा बैठक पनि बस्न सकिरहेको अवस्था रहेनछ, हामीले सहयोगको प्रस्ताव पनि गरेका थियौँ । चिनियाँ पक्ष एकदमै सकारात्मक भएर हामीलाई स्वास्थ्य सामग्रीहरू सहयोग गर्नुभयो ।”