नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन माग गरेको छ ।
क्यानले सूचनामार्फत राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक सहित सात प्रदेशको लागि सात प्रशिक्षक र तीन वटा अन्य पदको लागि आवेदन माग गरेको छ । उमेश पटवालले राजीनामा दिएपछि लामो समयदेखि मुख्य प्रशिक्षकको पद खाली रहेको छ ।












