Ad #144479

अनिता धिताल

भदौ १८, काठमाण्डौ । कोरोना महामारीले आर्थिक गतिविधि र अर्थतन्त्रमा असर पारेको छ । निषेधाज्ञाको यो बेला धेरै कामकाज ठप्पै भएका छन् । कोरोना भाइरसको प्रभाव नेपालको बैकिङ क्षेत्रमा पनि देखिएको छ । संक्रमण जोखिमले बैंकमा जान समेत डराउनुपर्ने अवस्था छ । बैंक तथा वित्तिय संस्थाको काम र सेवाप्रवाहबारे सिद्धार्थ बैंक जोरपाटी शाखा, हिमालय बैंक न्यूरोड शाखा र स्ट्याण्डर्ड चार्टर्ड बैंक बानेस्वोरका कर्मचारीसँग कुराकानी गरेका छौ ।

सबिन दगांल, जोरपाटी काठमाडौँ ।

सिद्धार्थ बैंक जोरपाटी शाखामा कार्यरत छु । कोरोना महामारीको कारण चैतदेखि लकडाउन भयो । अहिले निषेधाज्ञा छ । यसले बैंकिङ्ग क्षेत्र र कारोबारमा प्रभाव पारेको छ । बैंकका निश्चित शाखा मात्रै खुलेका छन् । थोरै कर्मचारी काममा खटिएका छन् । म पनि आवश्यक परेको दिनमा कहिलेकाहीँ मात्रै जाने गरेको छु । अहिले कठिन परिस्थितिमा मैले कार्य गर्दा आफै सुरक्षित भएर, माक्स, सेनिटाइजर, फेसहिल र सामाजीक दुरी कायम गरी कार्य गर्ने गरेको छु ।

अहिले दैनिक एटिम र मोबाइल बैकिङ सेवाको बढी प्रयोग भइरहेको छ । बैंकले पनि आउने ग्राहकहरुलाई र कर्मचारीहरुको लागी प्रभावकारी रुपले विभिन्न सुरक्षाको व्यवस्था गरिदिएको छ । लकडाउनको कारण पैसाको कारोबार गर्ने सेवाग्राहीहरु आउनुपर्ने अस्थामा मात्र आउनुहुन्छ र उहाँहरुलाई अनलाइन खाता खोल्न लगाएर बैंकले बढी डिजिटल माध्यमलाई नै ध्यान दिएर कारोबारहरु गरिरहेको छ ।

लकडाउनले गर्दा बजार व्यवस्थापन हुन सकेको छैन । बैंकमा आउने ग्राहकहरु पनि निकै कम छन् । नयाँ ग्राहकहरु आएका छैनन् । जसले गर्दा पहिलाको जति कारोबार हुन सकेको छैन ।

श्रद्धा भट्रटराई, मकलबारी काठमाडौँ ।

हिमालयन बैंक न्युरोड शाखामा कार्यरत छु । लकडाउनको समयमा आवश्यक कर्मचारी मात्र राखेको हुदाँ सधै नगएर आवश्यक परेको दिनमा गहिरहेको छु । म आफै पनि यसरी काममा जदाँ आफै सुरक्षित भएर जान्छु । सामाजीक दुरी कायम गरी कार्य गर्ने गरेको छु ।

बैंकले पनि हामी कर्मचारीहरुलाई विशेष सुरक्षाको व्यवस्था गरिदिएको छ । बैंकको नियम अनुसार आउने ग्राहकरुलाई पनि सेनिटाइजर लगाउन दिएर सामाजीक दुरी कायम गदै भित्र प्रवेश गराउने गरेका छौ । काउन्टरमा बसेर पैसाको कारोबार गर्दा पनि पञ्जाहरुको प्रयोग गरेर गर्ने गरेको छु । अहिले धेरै जस्तो काम एटिएमबाटै बाट भइरहेको छ । र शाखाहरु हप्तामा दुई दिन मात्रा खुलेकोले भिडभाड बढि हुने गरेको छ ।

अहिलेको परिस्थितिमा बैंकमा पैसा राख्न सेवाग्राहीहरु आउदा आफनो सुरक्षा आफै गरेर आउनु हुन्छ र कतिले आनलाइनबाट नै कारोबार गरिरहनुभएको छ । बैंकले पनि कर्मचारी र आउने सेवाग्राहीहरुलाई प्रभावकारी रुपमा सेवा सुविधा दिरहेको छ । तर निषेधाज्ञाको कारण पहिला जति कारोबार हुन्थ्यो, अहिले त्यति कारोबार हुन सकेको छैन ।

बिष्णु धिताल, दक्षिणढोका काठमाडौँ ।

म स्ट्याण्डर्ड चार्टर्ड बैंकमा कार्यरत छु । अहिले निषेधाज्ञाको समयमा बढि जस्तो घरबाट नै काम गरिरहेको छु । कहिलेकाहीँ जानै पर्ने आवश्यक भएमा पनि अफिसबाट लिन आउने गर्छन् । मेरो प्रत्यक्ष ग्राहकहरुसँग भेटेर कुरा गर्नु नपर्ने भएकाले खासै समस्या छैन । तर प्रत्यक्ष सेवाग्राहीहरुसँग कुरा गर्नुपर्नेहरुले माक्स, सेनिटाइजर, फेसहिल र सामाजीक दुरी कायम गरी काम गर्नुहुन्छ ।

तर कसरी र कोबाट संक्रमण हुन सक्छ थाहै हुँदैन । कस्तो ग्राहक आउँछन् भन्ने थाहा नहुदाँ बढी जोखिम हुन्छ । अहिले धेरै जस्तो कारोबार डिजिटल माध्यमबाट भइरहेको छ । कतिपय ठाउँमा कोरोना देखिएकै कारण स्थानिय निकायले गरेको विरोधले बैंक नै बन्द गर्नुपर्ने अवस्था छ । बैंकले दिनुपर्ने सेवा सुविधाहरु कर्मचारी र आउने सेवाग्राहीहरुलाई प्रभावकारी रुपमा दिइरहेको छ ।