आज पनि कतै कतै ठुलो पानी पर्ने

आज पनि कतै कतै ठुलाे पानी पर्ने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही ठाउँमा ठुलो पानी पर्ने संभावना छ। मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा केही पर दक्षिणतर्फ रहेको र अहिले सक्रिय रहेकोले केही ठाउँमा ठुलो पानी पर्ने संभावना रहेको मौसमविद राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

अहिले देशभर सामान्य देखि पूर्णरुपमा बादल लागेको र प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । दिउँसो पनि देशका धेरै जसो ठाउँमा बादल लागेर केही ठाउँमा मेघगर्जन र चट्याङ्ग सहित सामान्य देखि मध्यम खालको पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।

राती पनि देशभर बादल लागेर केही ठाउँमा पानी पर्ने र बागमती, गण्डकी, सुदुर पश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा ठुलो पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।

[sidebar name="button post"]