काठमाण्डौ उपत्यकामा नयाँ पदमार्ग (हाइकिङ ट्रेल) निर्माण र पुराना पदमार्गको मर्मत सम्भार गरिने भएको छ ।
यसको लागि पर्यटन विभागले बोलपत्र आव्हान गरेको छ । कान्तीपुरमार्ग, कलंकी, गुर्जेभञ्ज्याङ सुराचौर, आलडाँडा, शिवपूरी गाउँ, बारदेभ, लेले, देउराली र गोदावरीमा पदमार्ग बनाउन र मर्मत सम्भारको लागि बोलपत्र आव्हान भएको छ ।
पदमार्ग निर्माण, मर्मत तथा सौन्दर्यकरणको लागि १३ दिनसम्म बोलपत्रमा दरखास्त दिन पाइनेछ ।












