भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । ८४ वर्षका मुखर्जीको उपचारका क्रममा दिल्लीमा निधन भएको हो । उहाँलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
उपचारका क्रममा सैनिक अस्पतालमा आज निधन भएको उहाँका छोरा अभिजित मुखर्जीले ट्वीट गरी पुष्टि गर्नुभएको छ । गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति बन्नुभएको थियो ।
उहाँ भारतको अर्थ, रक्षा तथा विदेश मन्त्री लगाएतका पदमा रहेर जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
भारतका वर्तमान राष्ट्रपति रामनाथ कोविन्द, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित विभिन्न दलका नेताहरुले पूर्वराष्ट्रपति मुखर्जीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।












