काठमाण्डौ उपत्यका वरिपरी ५ लाख पर्यटक अट्ने पर्यटन पूर्वाधार तयार गरिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका वरिपरी पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिनुभएको छ ।
मन्त्रालयमा आज नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरी पाँच लाख पर्यटक अट्ने गरी पर्यटन पूर्वाधार पदमार्ग, साईकलिङ, ट्रेल पर्यटनको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको हो । उहाँले प्रदेश स्तरमा प्रदेश सरकारसँग समन्वय गरी पर्यटन बोर्डको शाखा छिटो गठन गर्न समेत निर्देशन दिनु भएको छ ।
मन्त्री भट्टराईले पर्यटन बोर्डलाई सातवटा भाषा नेपाली, हिन्दी, चाईनिज, अरवी, पोर्चुगल र स्पेनिस भाषामा डिजिटल सामाग्री तयार गर्न आग्रह गर्नुभयो । मन्त्री भट्टराईले विदेश तथा स्वदेशमा हुने भ्रमण खर्चमा कटौती गर्न पनि निर्देशन दिनु भएको छ ।












