निषेधाज्ञाको एक हप्तामा काठमाण्डौ उपत्यकामा ८ हजार १ सय बढी गाडी होल्ड

निषेधाज्ञाको एक हप्तामा काठमाण्डौ उपत्यकामा ८ हजार १ सय बढी गाडी होल्ड भएका छन् । गएको बिहीबारदेखि हिजो बेलुकासम्म बिहानसम्म ८ हजार १ सय ९१ गाडीलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

तीमध्ये ६ हजार ५ सय ४७ दुई पाङग्रे गाडी रहेका छन् । चारपाङग्रे १६ सय ४४ वटा होल्ड भएका छन् । आज बिहानै निषेधाज्ञाको उलंघन गर्ने १ सय ६६ वटा गाडीलाई होल्ड गरिएको महाशाखाले जनाएको छ ।

काठमाण्डौमा गएको बुधबार रातिदेखि आज रातिसम्म निषेधाज्ञा लागू गरिएको छ ।

[sidebar name="button post"]