कागेअष्टमी मेला : विगतको चहलपहल र अहिलेको सुनसान (हेर्नुस् फोटोमा)

प्रल्हाद अधिकारी 

काठमाण्डौको प्रसिद्ध मेला कागेअष्टमी मेला आज मनाइदैछ । भाद्रशुक्ल अष्टमीका दिन यो मेला मनाइन्छ ।

कागेअष्टमीको दिन कागेश्वरी मनोहरा नगरपालिका १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा गत साल निकै चहलपहल हुने गरेको थियो । यस मन्दिरमा मेला भर्नको लागि काठमाडौ उपत्यकाको साथै देश विदेशबाट समेत भक्तजन आउने गरेका थिए ।

धार्मिक, ऐतिहासिक एवं पर्यटकिय दृष्टिले महत्वपुर्ण मानिने यस मन्दिरमा यस वर्ष भने सरकारले गरेको निषेधाज्ञाका कारण कागेअष्टमी मेला नहुने भएको छ । सरकारले यस वर्ष चाडवाड, मेला पर्वहरु आ आफ्नै घरमा बसेर मनाउन आग्रह गरेको छ ।

पुरानो मान्यता अनुसार रसुवाको गोसाइकुण्डमा मेला भर्ने दर्शनार्थीहरुले त्यहाँको पवित्र जल कागेश्वरी महादेवलाई चढाउदा आफ्नो इच्छा पुरा हुने र सम्पुर्ण पाप नास हुनुका साथै सुख शान्ति प्राप्त हुने जनविश्वास रहदै आएकाले भिडभाड हुने गर्दथ्यो । यस मन्दिरमा हिन्दु धर्मालम्वीका साथै वौद्ध धर्मालम्वीहरु पनि त्यतिकैे ठुलो संख्यामा सहभागि हुने गर्दथे ।

वौद्ध धर्मालम्वीहरुले भने कागेश्वरी महादेवलाई गुरु मानी झाक्री बन्न चाहाने नयाँ शिष्यलाइ कागेश्वरी महादेवलाइ साक्षी राखि गुरु मन्त्र दिने प्रचलन समेत रहदै आएको छ ।

अर्को मान्यता अनुसार कागले गाईको दुध पहरामा चढाउदै गरेको गोठालाहरुले देखेको जनविश्वासको आधारमा वर्षेनि ठुलो संख्यामा भिड हुने गर्दथ्यो । तर यस वर्ष कोरोना महामारीले गर्दा कुनै किसिमको भिडभाड नहुने भएको छ ।

पहिले

अहिले
अहिले
पहिले
पहिले
अहिले
अहिले
पहिले
पहिले
अहिले
अहिले
पहिले
पहिले
अहिले
अहिले
पहिले
पहिले
अहिले
अहिले
पहिले
पहिले

 

अहिले
अहिले
[sidebar name="button post"]