राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा ईश्वर पोखरेलका सम्धी

 

९ भदौं, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्रकुमार कोइराला नियुक्त गरिनेभएको छ, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी कोइराला नियुक्त हुने भएका हुन ।

बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजश्व बोर्डमा पठाएपछि रिक्त पदमा नेपाल सरकारको मन्त्री स्तर निर्णय बाट सोमबार कोइरालालाई बैंकको सञ्चालकमा नियुक्त गरिएको हो।

बैंकका सञ्चालकहरु मध्येबाटै अध्यक्ष चुन्नु पर्ने व्यवस्था भएकाले सरकारले उनलाई अध्यक्ष नियुक्त गर्न अन्य सञ्चालकहरुलाई पहिलने नै भनेर हाल सञ्चालकमात्रै नियुक्त गरेको हो । बुधबार बस्ने सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्ष चयन गर्ने बैंक स्रोतले बताएको छ ।

 

[sidebar name="button post"]