Ad #144479

काठमाडौं लगायत तराईका जिल्लामा कोरोनाको संक्रमण र संक्रमितको संख्या बढ्दै गएकाले बिरामीलाई वर्गिकरण गरेर मात्र अस्पतालमा शैया दिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

गम्भीर बिरामीले अस्पतालमा शैया नपाउने र सामान्य अवस्थाका बिरामीले शैया ओगट्ने गरेको पाईएकाले अब लक्षण नभएका बिरामीलाई अईसोलेशनमा राख्ने र गम्भीर बिरामीलाई मात्रै अस्पतालको शैयामा राख्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

बिरामी भर्नामा मन्त्रालयको कुनै अवरोध नभए पनि गम्भीर बिरामीलाई अस्पतालमा शैया दिन र सामान्य बिरामी होम आइसोलेशनमा बस्न उहाँको आग्रह छ ।