Ad #144479

ललितपुर – ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पतालमा पनि पिसीआर परीक्षण सुरु भएको छ । कारोना संक्रमणको जोखिम बढ्दै गर्दा अहिलेको आवश्यकता महशुस गरेर पिसीआर परीक्षण सुरु गरिएको अस्पतालले जनाएको छ ।

नेपाल मेडिसिटीले हरेक दिन ८ सय भन्दा धेरैको स्वाब लिएर रिपोर्ट दिन सक्ने क्षमताको उपकरणसहित परीक्षण सेवा ल्याईएको अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा। गोपी अर्यालले बताउनुभयो । पिसिआर परीक्षणका लागि अस्पताल पग्नुभन्दा पहिले अस्पतालमा नाम दर्ता गराउन अस्पतालले आग्रह गरेको छ । स्वाब संकलन गरिएको २४ घण्टाभित्र नतिजा पाउन सकिने अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा।अर्यालले बताउनुभएको छ ।

यस्तै विदेशी नियोग, वैदेशीक रोजगारीमा जाने नेपाली, बैंक तथा कर्पोरेटलाई नेपाल मेडिसिटीले सहुलियत शुल्कमा पिसिआर परीक्षण गरिरहेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले बताउनुभयो