भाद्र ८,काठमाडौँ। नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ हजार ६ सय ७८ पुगेकाे छ । पछिल्लो २४ घन्टामा नेपालमा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लाे २४ घण्टामा १० हजार २५ जनाको पीसीआर परीक्षण गर्दा सात सय ४३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
नेपालमा १३ हजार सात सय १५ जना सक्रिय सङ्क्रमित रहेका छन् भने ११ हजार दुई सय ७५ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।












