भदाै ८, स्वाथ्यकर्मीमाथि दुव्र्यवहारका घटना बढे पछि काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका स्थानियबासिन्दाले स्वास्थ्यकर्मीको सम्मानमा अभियान थालेका छन् । उनीहरुले स्वास्थ्यकर्मीलाई साथ र सहयोग गर्न सन्देश बाडँदै ठाउँ ठाउँमा ब्यानर टाँस्न थालेका छन् ।
आईतबार पनि सन्देशमूलक ब्यानर टासेको र सोमबार पनि ठाउँ ठाउँमा ब्यानर टास्ँने स्थानियबासिन्दाले बताएका छन् । स्थानियबासिन्दाको यो अभियानलाई नगरपालिकाले पनि सहयोग गरेको छ ।
नगरपालिकाका उपप्रमुख शान्ती नेपालले दिनरात बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार बढेकाले यस्ता घटनालाई निरुत्साहित गर्न ब्यानर टाँस्न थालेको जानकारी दिनुभयो ।
नगरपालिकाको जोरपाटीका स्थानियबासिन्दाले सुरु गरेको यो अभियानमा अहिले सबैको साथ र सहयोग बढेको छ । कोरोनाको जोखिम बढे पछि नगरपालिकाले डाक्टरसहितको १३ जनाको समूहलाई हटलाईन ग्रुप समेत बनाएको छ ।












