Ad #144479

कपिलवस्तु– जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ ।

जिल्लामा कोरोना सङ्क्रमण तीव्र गतिमा फैलँदै गएकाले नियन्त्रणका लागि निषेधाज्ञा एक हप्ता थप गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।

यही भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप जारी गरिएको जिप्रकाले जनाएको छ । अहिलेसम्म जिल्लामा एक हजार ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

कोरोना सङ्क्रमणकै कारण दुई जनाको ज्यान गएको छ ।