रुपन्देही जिल्लामा जिल्ला प्रशासन कार्यालयले आफूले जारी गरेको लकडाउन पुनः थप गरेको छ । जिप्रकाले आज राति १२ बजेसम्मलाई जारी गरेको लकडाउन आज पुनः थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी माहादेव पन्तले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘महामारी समुदायस्तरमा नियन्त्रण गर्न यही भदौ १४ गते राति १२ बजेसम्मका लागि पुनः थप गर्ने निर्णय गरेका छौँ ।’ जिल्ला संकट व्यवस्थापन केन्द्र रुपन्देहीको निर्णय र जिल्लामा कोभिड प्रभाव फैलिँदै गएका अवस्थालाई ध्यानमा राखी संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम विशेष आदेशमार्फत जिल्लामा थप कडाइको सूचना जारी गरिएको जनाइएको छ ।












