राष्ट्रिय क्रिकेट टिमका खेलाडिको तलब १० हजार बढेर आउने

७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीले २०१९ देखि पाउन नसकेको तलबमा १० हजार बढेर आउने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा भएयता अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नै राष्ट्रिय टिमको सम्पूर्ण रखदेखको काम गर्दै आएको थियो ।

क्यानको निम्लम्बन फुकुवा भएपछि २०१९ मा खेलाडीले पाउने तलबमा १० हजारका दरले तलब वढि पाउन पर्ने प्रस्ताव आईसीसीलाई पठाएको थियो ।

क्यानका अनुसार यसअघि ए ग्रेडमा रहेका खेलाडीले ३५ हजार, बी ग्रेडमा रहेकाले २५ हजार र सी ग्रेडमा रहेकाले १५ हजार पाउँदै आएका थिए भनेअब त्यसमा हरेक ग्रेडिङका खेलाडीको तलब १० हजारका दरले बढेर आउने भएको छ ।

[sidebar name="button post"]