बेंसीशहर नगरपालिकामा हरिबहादुरसँगको घम्साघम्सीमा चितुवा

बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ ।

बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको हो ।

थापा र चितुवाबीच केही बेर घम्साघम्सी नै परेको थियो । भिडन्तमा थापा घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । अहिले घाइतेको प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको बताइएको छ ।

मृत चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ । प्रमुख जिल्ला अधिकारी शर्माले ‘वन ऐनअनुरुप उहाँहरुले व्यवस्थापन गर्नुहुने, जानकारी दिनुभयो ।

[sidebar name="button post"]