आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य ह्रास आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पहेँलो धातुको मूल्यमा प्रतितोला रु ४०० ले गिरावट आएको छ ।
महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ४०० तोकेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० निर्धारण गरिएको छ ।
पहेँलो धातुसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी प्रतितोला रु २५ ले घटेर एक हजार ३४५ पुगेको महासङ्घले जनाएको छ ।
[sidebar name="button post"]









