तनहुँको बन्दीपुर गाउँपालिकामा भेटेरीनरी अस्पताल निर्माण शुरु

तनहुँको बन्दीपुर गाउँपालिकामा भेटेरीनरी अस्पताल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको रु एक करोड लगानीमा बन्दीपुर गाउँपालिका–१ नाहालामा भेटेरीनरी अस्पताल निर्माण शुरु भएको हो ।

जेठदेखि निर्माण शुरु भएको भवनको पहिलो तल्लाको ढलान गर्न बाँकी छ । बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलकाा अनुसार कोरोना कहरका कारण भवन निर्माणमा ढिलाइ भएको हो ।

“कोभिड–१९ को सङ्कट नभएको भए यतिबेलासम्म धेरै काम अगाडि बढिसक्थ्यो तर चालु आर्थिक वर्षभित्रै भवन निर्माणको सम्पूर्ण काम सम्पन्न हुन्छ,” उहाँले भन्नुभयो ।

भवनमा छ कोठा हुनेछन् भने शल्यक्रिया कक्ष र डिस्पोजल कक्ष लागि अर्को भवन निर्माण हुने जनाइएको छ । बन्दीपुर गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएकाले पशुको उपचारका लागि भेटेरीनरी अस्पताल अति आवश्यकता थियो ।

यस अस्पतालमा पशु चिकित्सकको दरवन्दीमा कर्मचारी खटिनेछन् । त्यसको सम्पूर्ण व्यवस्थापन प्रदेश सरकारले गर्नेछ । भवन निर्माणका लागि सोही ठाउँ निवासी छलिमाया श्रेष्ठले रु एक रोपनी जग्गा गाउँपालिकालाई दान गर्नुभएको थियो ।

गाउँपालिकाको पशुपंक्षी शाखाको नाममा करीब रु ७५ लाख मूल्यबराबरको जग्गा दान गर्नुभएको थियो । धेरै पहिलादेखि नै भेटेरीनरी अस्पताल निर्माणका लागि पहल भएपनि जग्गा नहुँदा काम अगाडि बढ्न सकेको वडाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।

[sidebar name="button post"]