४३ जिल्लामा निषेधाज्ञा

भदाै ५, अहिलेसम्म विभिन्न ४३ वटा जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

कोरोना संक्रमण धेरै भएका ठाउँमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले कतै निश्चित क्षेत्र तथा कतै पुरै जिल्लामा निशेधाज्ञा जारी गरेका छन् । काठमाडौ उपत्यकामा निषेधाज्ञाकाे आज दोस्रो दिन हाे । निषेधाज्ञामा अत्याबश्यक बाहेक हिडडुल गर्न, बजार पसल खोल्न तथा सवारी साधन चलाउन रोक लगाइन्छ ।

विज्ञहरुले भने निषेधाज्ञाले मात्र कोरोना नियन्त्रण नहुने बताएका छन् । जनस्वास्थ्यविद् रवीन्द्र पाण्डे र सरुवा राेग विषेशज्ञ डाक्टर शेरबहादुर पुनले संक्रमण नियन्त्रणका लागि ठोस योजना नबनाए जति समय बन्द गरेमा पनि संक्रमण नियन्त्रण हुन नसक्ने बताउनुभएकाे छ।

यस अघि सरकारले पटक पटक गरी एक सय २० दिन देशभर लकडाउन गरेको थियो । तर एक जना सक्रिय संक्रमित रहेको बेला गरेको लकडाउनका बेला सरकारले प्रभावकारी काम गर्न नसकेकै कारण अहिले दैनिक सयौं संक्रमित थपिने क्रम चलेको डाक्टर र विज्ञहरुको भनाइ छ ।

पछिल्लो समयमा लक्षण सहितका विरामी र संक्रमितको ज्यान जाने क्रम समेत बढेको कारण चुनौती थपिएको तर महामारी नियन्त्रणमा सरकार ठोस योजना बिना नै निषेधाज्ञामै अल्झिएको विज्ञहरुको आरोप छ ।

[sidebar name="button post"]