भदाै ५, क्यारेवियन प्रिमियर लिग सीपीएल क्रिकेटमा सन्दिप लामिछाने आवद्द टिम जमैका तलावाज ट्रिनिबागो नाइट राइडर्ससँग पराजित भएको छ ।
जमैकाले दिएको एक सय ३६ रनको लक्ष्य ट्रिनिबागो नाइट राइडर्सले ११ बल अघि नै तीन विकेट गुमाएर भेट्यायो । नाइट राइडर्सका लागि सुनिल नारिनले सर्वाधिक ५३ रन बनाए । उनि सन्दिप लामिछानको बलमा क्याच आउट भए । आजको खेलमा सन्दिपले चार ओभरमा ३० रन दिएर एक विकेट लिए ।
यसअघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको तलावाजले २० ओभरमा ९ विकेट गुमाएर एकसय ३५ रन बनाएको थियो । उसका लागि ग्लेन फिलिप्सले सबैभन्दा धेरै ५८ रन बनाए । दसौं नम्बरमा ब्याटिङमा आएका सन्दिपले एक बल पनि खेल्न पाएनन् ।
सन्दिपको टिम पहिलो खेलमा भने विजयी भएको थियो ।
[sidebar name="button post"]









