काठमाण्डौ उपत्यका सुनसान, दुई सय १२ वटा गाडी होल्ड

भदाै ५, निषेधाज्ञाको दोश्रो दिन आज पनि काठमाण्डौ उपत्यका सुनसान छ । तीज पर्वको कारण आज धेरै भिडभाड हुने शिवालय लगायतका ठाउँ समेत सुनसान बनेका छन् ।

सडकमा पनि अत्याबश्यकका केही बाहेक अरु गाडी चलेका छैनन् । दैनिक उपभोग्य बस्तुको किनबेच हुने किराना, फलफुल तरकारी तथा मासु पसल, डेरी लगायतका केही व्यवसाय खुलेको भएपनि मानिसको आवातजावात निकै कम छ ।

काठमाण्डौ उपत्यकामा आज बिहानै साढे सातबजे सम्म अत्याबश्यक काम बाहेक चलाईएका दुइ सय १२ वटा सवारी साधनलाई होल्ड गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

होल्ड गरिएका सवारी साधनमा एक सय ७७ मोटरसाइकल तथा स्कुटर र ३५ वटा चारपाङ्ग्रे गाडी रहेको ट्राफिक प्रहरी प्रबक्ता एसपी बामदेव गौतमले जानकारी दिनुभयो ।

[sidebar name="button post"]