हेटौँडामा कोरोना सङ्क्रमणबाट एकको मृत्यु

मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा कोरोना भाइरसको सङ्क्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ ।हेटौँडा–४ स्थित आइसोलेशन कक्षका इञ्चार्ज भोला चौलागाईका अनुसार गएराति हेटौँडा उपमहानगरपालिका–१ का ६१ वर्षीय वृद्धको मृत्यु भएको छ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा रहेको कोरोना प्रयोगशालामा स्वाबको पिसिआर परीक्षण गर्दा उक्त मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

हेटौँडा वडा नं १ का वडा अध्यक्ष सविन न्यौपानेका अनुसार मृतक लामो समयदेखि उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित थियो । कोरोना सङ्क्रमणबाट पहिलोपटक एक व्यक्तिको मृत्यु भएको बताइएको छ ।

[sidebar name="button post"]