३ भदौ, काठमाडौं । सांसदहरुका लागि तयार पारेको लोगोको चौतर्फी आलोचना भएपछि संघीय संसद् सचिवालयले उक्त लोगो फिर्ता पठाइएको छ ।
नेपालको नयाँ नक्शा राखेर तयार पारिएको उक्त लोगोमा संरचनागत र साजसज्जा सम्बन्धी समस्याहरु देखिएकाले सो को सुधार र परिमार्जनका लागि भदौ २ गते फिर्ता पठाइएको हो । लोगो तयार पार्ने घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरले नेपालको अद्यावधिक नक्सालगायतका विषयमा परिमार्जन गरी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।
[sidebar name="button post"]