सरकारप्रति असन्तुष्ट सैनिक द्धारा मालीमा सैनिक कू

३ भदौ, काठमाडौं । मालीमा सेनाले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई हिरासतमा लिएर सैनिक ‘कू’ लगाएर सत्ता आफ्नो हातमा लिएको छ ।

त्यसअघि मालीका राष्ट्रपति इब्राहिम बुबाकारले संसद र सरकार भंग गरेर पदबाट राजीनामा दिएको टेलिभिजन मार्फत सम्बोधन गर्दै घोषणा गरेका थिए । उहाले सम्बोधनका क्रममा भर्नुभयो , ‘म मेरो शासनकालमा रक्तपात होस् भन्ने चाहँदिन । यदि आज हाम्रो सशस्त्र बलका केही व्यक्तिले मेरो शासन अन्त्य गर्न चाहान्छन् भने मसँग अरु विकल्प केहि छैन्। ’

उहाको सम्बोधनको केही घण्टामै सेनाले राष्ट्रपति बुबाकार र प्रधानमन्त्री बोबु सिसेलाई हिरासतमा लिएर सैनिक कू को घोषणा गरेको थियो ।राष्ट्रपति बुबाकारले सन् २०१८ मा लगातार दोस्रो पटक चुनाव जितेका थिए । तर उनको शासनकालमा भ्रष्टाचार र साम्प्रदायिक हिंसा बढेको भन्दै आलोचित बन्यो । यही कारण मालीमा केही महिनायता विरोध प्रदर्शन चर्किंदै गएको थियो ।

मालीमा युवाहरु सरकारप्रति रुष्ट हुदै सरकारी भवनहरुमा आगजनी गर्नुका साथै राष्ट्रपतिको राजीनामा माग गर्दै विरोध प्रदर्शन पनि गर्दैआएका थिए ।

मालीका सैनिकहरुमा जिहादी चरमपन्थीहरुसँग चल्दै आएको संघर्ष र आफ्नो तलब सुविधालाई लिएर लामो समयदेखि असन्तुष्टि रहदै आएको छ ।

[sidebar name="button post"]