७२ वर्षको उमेरमा राष्ट्रपति ट्रम्पका भाइको निधन

३२ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको न्यूयोर्कस्थित अस्पतालमा उपचारको क्रममा निधन भएको राष्ट्रपति ट्रम्पले जानकारी सवैमा दिनुभएको छ ।

शनिबार भाइलाई भेट्न न्यूयोर्कस्थित अस्पताल पुगेका राष्ट्रपति ट्रम्पले भन्नुभएको छ ‘गह्रुंगो मनका साथ म तपाईंलाई यो जानकारी दिँदै छु कि मेरो भाइ रोबर्ट ट्रम्पले गएराति अन्तिम सास लियो । ऊ मेरो भाइमात्र थिएन, मेरो राम्रो साथी पनि थियो । उसको याद सधैं मेरो हृदयमा रहने छ ।’

राष्ट्रपति ट्रम्पभन्दा दुई वर्ष कान्छा ७२ वर्षीय रोबर्ट रियल स्टेट कारोबारी हुनुन्थ्यो ।

[sidebar name="button post"]