कोरोना संक्रमितको संख्या २६ हजार नाघ्यो

साउन ३१, गएको २४ घण्टामा थप चार सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर परिक्षण गरेकोमा चार सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । यस्तै गएको २४ घण्टामा एक सय २४ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार दुइ सय एक पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा कोरोनाका कारण तीन जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या एक सय दुइ पुगेको छ ।

[sidebar name="button post"]